गण्डकीको सभामुखमा धिताल निर्वाचित
पाेखरा | पुस ३०, २०७९
पोखराः गण्डकी प्रदेश सभामा सभामुखमा नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद धिताल निर्वाचित भएका छन् । सभामुखमा धिताललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रदेशसभाबाट बहुमतले पारित भएसँगै निर्वाचित भएका हुन् ।
सभामुखमा धिताललाई फणिन्द्र देवकोटाले प्रस्ताव राखेका थिए भने एमालेका प्रमुख सचेतक रोशनबहादुर गाहा मगरले समर्थन गरेका थिए ।
सभामुख पदका लागि नेपाली कांग्रेसकी सरस्वती अर्यालले उम्मेदवारी दिएकी थिइन् । तुलसीराम सुवेदीले प्रस्ताव पेस गरेका थिए भने डा. टकराज गुरुङले प्रस्तावमा समर्थन गरेका थिए ।
प्रस्तावमाथि मतदान हुँदा धितालको पक्षमा ३२ र विपक्षमा २६ मत परेको छ । प्रदेशसभा बैठकमा ५८ जना सांसद उपस्थित थिए ।
पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

